खोटाङ — खोटाङको दिक्तेल बजारस्थित रत्नपार्क ग्यारेजबाट निकाल्ने क्रममा यात्रुबाहक बस दुर्घटनामा परेको छ। बा ५ ख ८६७० नम्बरको ‘रोयल भोजपुर’ नामक बस मंगलबार दुर्घटनामा परेको हो।
बस ग्यारेजबाट बाहिर निकाल्ने क्रममा अचानक अनियन्त्रित भई पल्टिएको जनाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बस सहचालकले मदिरा सेवन गरेको अवस्थामा सवारी साधन चलाएको पुष्टि भएको छ। घटनाका बेला बसमा कुनै पनि यात्री नरहेका कारण ठूलो दुर्घटनाबाट जोगिएको हो।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति नभएको पुष्टि भए पनि लापरवाहीपूर्ण सवारी सञ्चालनप्रति अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।