Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

केही महिनाअघि कुकुरले टोक्दा उपचार नगरेका एक युवाको रेबिजका कारण ज्यान गयो


वैशाख २५,

रेबिजका कारण इच्छाकामनाका एक युवाको वैशाख २५ गते, चितवन — इच्छाकामना गाउँपालिका–२ निवासी ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिजका कारण निधन भएको छ।


उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएका उहाँको आज निधन भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिएका छन्।


केही महिनाअघि कुकुरले टोकेपछि आवश्यक उपचारमा ढिलाइ भएको कारण रेबिजको संक्रमण फैलिएको र त्यसकै कारण ज्यान गएको बताइएको छ। बुधबार मात्रै उहाँलाई अस्पताल भर्ना गरिएको थियो।


यस घटनाले समयमा नै रेबिज विरुद्धको खोप र उपचार नपाउँदा ज्यान जान सक्ने जोखिम अझै उच्च रहेको देखाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom