Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पि एन क्याम्पसका विभागीय प्रमुख शर्मालाई कारबाही , पदबाट मुक्त


पोखरा, बैशाख ३० – पृथ्वीनारायण क्याम्पस, पोखराले व्यवस्थापन संकाय अन्तर्गतको व्यवस्थापन अनुशासन विभागका विभागीय प्रमुखलाई जिम्मेवारीमुक्त गरेको छ। क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण पाठकद्वारा हस्ताक्षरित सूचनामा विभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको जानकारी दिइएको छ।


संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम विभाग प्रमुख पदमा नियुक्त गरिएका व्यक्तिलाई “विशेष परिस्थितिका कारण” जिम्मेवारी मुक्त गरिएको सूचनामा उल्लेख छ।


पृथ्वीनारायण क्याम्पसका उपप्रमुख डा. देवीप्रसाद शर्मालाई सम्बोधन गरी पठाइएको पत्रमा व्यवस्थापन संकायका सम्बन्धित निकायहरूलाई समेत जानकारी गराइएको छ।


सूचनाको प्रतिलिपि त्रिभुवन विश्वविद्यालयको सम्बन्धित कार्यालयहरू, आर्थिक प्रशासन शाखा, व्यवस्थापन संकाय प्रमुख, व्यवस्थापन अनुशासन विभाग तथा शैक्षिक प्रशासन शाखामा पठाइएको जनाइएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom