Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

युवतीको कोठामा गएका केटासाथी मृत अवस्थामा फेला - Brighter Network


ब्राइटर खबर, ललितपुर — ललितपुरको इमाडोलमा एक युवतीको कोठामा गएका युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा इमाडोलका ३१ वर्षीय जीवेश अधिकारी रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार, अधिकारी सोमबार राति इमाडोलमा भाडामा बस्ने २२ वर्षीया एक युवतीको कोठामा गएका थिए। राति उनी अचानक बेहोस भएपछि ती युवतीले नै उनलाई उपचारका लागि किस्ट अस्पताल पुर्‍याएकी थिइन्।

तर आज बिहान ७:३० बजे चिकित्सकले अधिकारीलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनाबारे आज बिहान मात्रै जानकारी पाइएको हो र प्रारम्भिक अनुसन्धानका क्रममा ती युवती काभ्रेको भएकी पुष्टि भएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई युवतीसहित अन्य प्रत्यक्षदर्शीहरूसँग सोधपुछ सुरु गरेको छ। अधिकारीको शव परीक्षणका लागि पठाइएको छ भने घटनाको कारण खुल्न बाँकी छ।

Top Post Ad

post bottom ads

Ads Bottom