Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, गभर्नर सिफारिस समिति पुनर्गठन - Brighter Network


वैशाख २१ – सरकारले मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पत्रकार सम्मेलन गर्दै वैशाख १५ (सोमबार) र १७ (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले मङ्गलबार १५ र बुधबार १४ वटा गरी कुल २९ निर्णय गरेको छ।

गभर्नर सिफारिस समिति पुनर्गठन
बुधबारको बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पद सिफारिसका लागि गठित समितिमा सदस्य रहेका विजयनाथ भट्टराईले राजीनामा दिएको भन्दै, उनको स्थानमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गर्दै समिति पुनर्गठन गर्ने निर्णय गरेको छ।

सेनामा बढुवा, पूर्वाधारमा सर्भेक्षण
मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति पनि दिएको छ। साथै नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी दर्जामा र दुई जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय गरिएको छ।

सशस्त्र वन रक्षकलाई पोशाक उपलब्ध
वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारका सशस्त्र वन रक्षकहरूलाई पोशाक उपलब्ध गराउने निर्णय पनि यसपटकको मन्त्रिपरिषद् बैठकले गरेको छ।

सरकारका प्रवक्ता गुरुङले सबै निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।





 

Top Post Ad

post bottom ads

Ads Bottom