Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुवा छोरीको ज्यान गयो - Brighter Network


चन्द्रपुर (रौतहट), वैशाख २१ – रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका बुबा–छोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गमा हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ गइरहेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुःखद घटना भएको हो।


जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मोटरसाइकलमा सवार रौतहट, गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको ज्यान गएको हो। बलिरामको चन्द्रनिगाहपुरस्थित हाईवे ट्रमा सेन्टर र उर्मिलाको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।


दुर्घटनामा संलग्न कार र चालक मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ का कुमार पोखरेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।


प्रहरी नायब उपरीक्षक राजकुमार राइका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom