Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा.वि.मा नमुना मतदान सम्पन्न - Brighter Network


पोखरा, वैशाख २६ — पोखरास्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा शुक्रबार नमुना मतदान कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न गरिएको छ। लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले निर्वाचन प्रक्रिया र नागरिक जिम्मेवारीको व्यवहारिक अनुभव प्राप्त गरेका छन्।


कार्यक्रममा विद्यालय प्रचार्य शर्मिला गुरुङ निर्वाचन अधिकृतको भूमिकामा रहनु भएको थियो। मतदान प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन संस्थापक निर्देशक मोतीराम गुरुङले पर्यवेक्षकको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा शिक्षक अंकित गहतराजले गोप्य मतदान स्थलको व्यवस्थापन गर्नुका साथै मतपेटिका व्यवस्थापनको जिम्मेवारी शिक्षक नविन थापाले सम्हाल्नुभयो।


यसैगरी, सहयोगी कर्मचारीको भूमिकामा शिक्षिका शुसिला क्षेत्रीले जिम्मेवारी सम्हाल्नुभयो भने समग्र व्यवस्थापनको नेतृत्व वसन्त राज क्षेत्रीले गर्नुभयो। कार्यक्रमका सम्पूर्ण क्षणहरूलाई क्यामेरामा कैद गर्ने महत्वपूर्ण भूमिका फोटो ग्राफर दिपक बास्ताकोटीले निर्वाह गर्नुभयो।


विद्यार्थीहरूलाई मतदाता, उम्मेदवार, मतदान अधिकृत, पर्यवेक्षक लगायत विभिन्न भूमिकामा सहभागी गराएर निर्वाचन प्रक्रियाको सम्पूर्ण अभ्यास गराइएको थियो।


प्राचार्य गुरुङले लोकतान्त्रिक चेतनाको विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई भविष्यमा जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गर्ने लक्ष्य रहेको बताउनुभयो। विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा व्यवहारिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom