Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैदेशिक रोजगारीका नाममा रकम लिएर फरार हुने गिरोहका तीन जना पक्राउ



वैशाख २५, काठमाडौँ — वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।


पक्राउ परेका व्यक्तिहरूमा नुवाकोटको विदुर नगरपालिका–१३ स्थायी घर भई हाल तार्केश्वर नगरपालिका–२ बस्ने २८ वर्षीय जसमान तामाङ, काठमाडौँ महानगरपालिका–१६ का ३६ वर्षीय भुपाल श्रेष्ठ, र स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका–५ बस्ने ४८ वर्षीय मिनबहादुर थापा रहेका छन्।


जसमान तामाङले पोल्यान्ड पठाइदिने भन्दै दुई जना पीडितबाट पाँच लाख २० हजार रुपैयाँ, भुपाल श्रेष्ठले क्यानाडा पठाइदिने भन्दै तीन जना पीडितबाट आठ लाख रुपैयाँ, र मिनबहादुर थापाले क्यानाडा पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ७५ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।


पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई मङ्गलबार काठमाडौँ–१२ बाट, श्रेष्ठ र थापालाई बुधबार क्रमशः काठमाडौँ–२६ र नागार्जुन–५ बाट पक्राउ गरेको हो।


प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom