Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक जनाको ज्यान गयो , एक गम्भीर घाइते


असार ४ गते, सप्तरी — जिल्लाको शम्भुनाथ नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको गोविन्द चौकमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।


दुर्घटनामा रुपनी गाउँपालिका–१ का २० वर्षीय मो. आजाद मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। मङ्गलबार राति ९ बजे पूर्वतर्फ जाँदै गरेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।


दुर्घटनामा गम्भीर घाइते भएका आजादलाई युनिक अस्पताल रायपुर हुँदै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।


त्यस्तै सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय मो. समिर मियाँ गम्भीर घाइते भएका छन्। उनको थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।


दुर्घटनापछि मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक शम्भुनाथ नगरपालिका–१ का २७ वर्षीय कैलाश कुमार यादव प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom