Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमलचौरीमा युवक–युवती मृत अवस्थामा फेला


असार ४ गते, उदयपुर — जिल्लाको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अन्दाजी १४ वर्षीया मन्जु राई र २८ वर्षीय रविन्द्र राईको शव फेला परेको हो।


मन्जुको शव स्थानीय बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको थियो भने रविन्द्रको शव नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी केदारमान दोङले जानकारी दिनुभयो।


मृतक मन्जु चौदण्डीगढी–२ स्थित सिंहदेवी माध्यमिक विद्यालय कक्षा १० की छात्रा हुन् भने रविन्द्र केही दिन अघि मात्र काठमाडौंबाट गाउँ फर्किएका थिए। दुबै जना छिमेकी रहेको बताइएको छ।


स्थानीयवासीले बुधबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले घटनास्थल नजिकै झुण्डिएको अवस्थामा रविन्द्रको शव समेत फेला पारेको हो।


हाल दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ। घटनाको कारण खुल्न नसकेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बविन राईले जानकारी दिनुभयो।


प्रहरीले घटनास्थलको स्थलगत निरीक्षणसहित आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom