Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बालिकालाई आक्रमण गरेर ज्यान लिने चितुवा यसरी बाख्रा पासोमा थापेर नियन्त्रणमा लिइयो



बर्दिया, जेठ २१ – बर्दियाको बालापुरमा सात वर्षीया बालिका सायरा थारूमाथि आक्रमण गरी ज्यान लिने चितुवा नियन्त्रणमा आएको छ। उक्त चितुवा पासोमा परेर मंगलबार बिहान नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।


डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार चितुवा थापिएको पासोमा फसेको हो। चितुवा फसाउने उद्देश्यले बाख्रा पासोमा राखेर छोडिएको थियो। बिहान हेर्दा चितुवा फसेको भेटिएको र अब सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।


चितुवा नियन्त्रणमा आएपछि बालापुरका स्थानीयवासीहरूमा राहतको अनुभूति छ। चितुवाको आक्रमणबाट त्रसित रहेका स्थानीय अब केही हदसम्म निडर बनेको मुल बडघर कालिप्रसाद थारूले बताए। उनले जङ्गल क्षेत्रमा अझै पनि चितुवा हुन सक्ने भन्दै सतर्क रहनुपर्ने सुझाव पनि दिएका छन्।


डिभिजन वन कार्यालयका अनुसार चितुवा फसाउनका लागि एक साताअघि देखि दुईवटा पासो थापिएको थियो। चितुवाको खोजीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाबाट संयुक्त रूपमा ४५ जना जनशक्ति परिचालन गरिएको थियो। खोजीमा दुईवटा हात्ती र दुई जना पशु चिकित्सकसहितको प्राविधिक टोली समेत सहभागी थिए।


चितुवाको आक्रमणका घटनाहरू बर्दियामा बढ्दै गएका छन्। वैशाख १५ गते गुलरिया नगरपालिका–५ स्थित सरयू सामुदायिक वनमा चितुवाको आक्रमणबाट नौ वर्षीया मेलिना खड्काको ज्यान गएको थियो। वन कार्यालय बर्दियाका अनुसार मंसिर यता चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ भने १६ जना घाइते भएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom