Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बगरमा बालुवामुनि लुकाइ राखिएको ठुलो परिमाणमा गाँजा बरामद


 जेठ २१ गते । भारतीय सिमावर्ती क्षेत्रअन्तर्गत पर्ने सुनसरीको हरिनगर गाउँपालिका–६, कटान बगर क्षेत्रबाट सशस्त्र प्रहरी बलको सक्रियतामा ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ । 


सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टहरु र नेपाल प्रहरीको स्थानीय युनिटको संयुक्त टोलीले मङ्गलबार राति एक टनभन्दा बढी अवैध गाँजा बरामद गरेको छ । विशेष सुराकी सूचनाका आधारमा गरिएको विशेष अपरेसनबाट प्रहरी टोलीले ३८ पोका गाँजा फेला परेको सशस्त्र प्रहरी बल नम्बर ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो ।


सशस्त्र प्रहरी बलको बिओपी घुस्की, बिओपी बसन्तपुर तथा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की र बसन्तपुरबाट खटिएको ४० जना सुरक्षाकर्मीको संयुक्त टोलीले विशेष अप्रेसन गरी बगर क्षेत्रमा बालुवामुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकको बोरा भित्र गाडेको एक हजार १२० किलो गाँजा फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक थापाको भनाइ छ । बरामद गरिएको गाँजालाई अनवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom