Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सहमतिपछि पनि यातायात सञ्चालन नगरेको भन्दै  यातायात मन्त्री दाहालको आपत्ति


काठमाण्डौ, जेठ २० – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात बन्द गर्नु गलत भएको बताएका छन्। सोमबार राति सरकार र यातायात व्यवसायीबीच भएको सहमतिपछि यातायात सञ्चालन हुनुपर्ने भए पनि अझै नचलाइएकोप्रति उनले आपत्ति जनाएका हुन्।


मन्त्री दाहालले भने, “गत राति सम्झौता भइसकेको छ। हामीले प्रदेशको अधिकार हनन गर्ने कुनै सहमति गरेका छैनौं। सार्वजनिक यातायात तत्काल सञ्चालन गर्नुपर्छ।”


उनका अनुसार केन्द्र सरकारले तयार पारेको सवारी तथा सार्वजनिक यातायात सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको छ, र उक्त विधेयकमार्फत राइड सेयरिङसमेत नियमनको दायरामा ल्याउने तयारी भइरहेको छ। उनले प्रदेशले अलग नियमावली बनाएर सवारी ऐन २०४९ र सङ्घीय कानुनसँग बाझिने कार्य नगर्न आग्रह गरे।


यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीविरुद्ध आन्दोलन गर्दै आइतबारदेखि देशभर सार्वजनिक यातायात बन्द गरिरहेका छन्। नियमावलीमार्फत निजी सवारीसाधन (रातो नम्बर प्लेट) लाई राइड सेयरिङ अन्तर्गत सञ्चालन गर्न दिने व्यवस्था गरिएको थियो।


मन्त्री दाहालले भने, “नेपालमा यातायात क्षेत्र शतप्रतिशत निजी क्षेत्रले सञ्चालन गरेको हो। यस्तो अवस्थामा जनतालाई दुःख दिने गरी सवारी बन्द गर्नु गैरजिम्मेवार काम हो।”


उनले सहमति कार्यान्वयन गर्न र आन्दोलन अन्त्य गर्दै सार्वजनिक सवारी सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरे।


Top Post Ad

post bottom ads

Ads Bottom