जेठ २० गते । जिल्लाको यशोधरा गाँउपालिका–८ शिहोखोरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
महाराजगन्ज तर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजिया स्कुलको बसको ठक्करबाट बिहान सवा ८ बजे तीन वर्षीया बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शिवरतन बराइकी तीन वर्षीय छोरी प्रतिमा बरई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । बस प्रहरी नियन्त्रणमा छ र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।