Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रौतहटमा ट्रक र हायस ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते



जेठ २१ गते, रौतहट — पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१, मङ्गलपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ज. ०४५२ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको म.प्र. ०३–००१ ख. ८६०० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा सर्लाही रामनगर गाउँपालिका–१, खैरवाकी ३६ वर्षीया भगियादेवी यादव र सोही ठाउँका ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार दुवै जनाको चन्द्रपुर अस्पताल प्रालि, चन्द्रनिगाहपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा भगियादेवीकी छोरी १८ वर्षीया रिनाकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५, बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।

यस घटनापछि ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको डिएसपी राईले जानकारी दिनुभयो।



Top Post Ad

post bottom ads

Ads Bottom