Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त


असार ४ गते, काठमाडौं — गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई सांसद पदबाट पदमुक्त गरिएको छ।


सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको आधारमा मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको हो।


प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र कुमार चुडाल रहेको इजलासले मंगलबार मनाङेको सांसद पद बदर गरिएको घोषणा गरेको हो।


अदालतको यो निर्णयसँगै अब गण्डकी प्रदेशसभामा एक सिट रिक्त भएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom