Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा पर्यटक बसमा ढुंगामुढा : तीन जना पक्राउ, पाँच विद्यार्थी घाइते


पोखरा, जेठ २० – कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ स्थित चाउथेमा काठमाण्डौंतर्फ गइरहेको एक पर्यटक बसमाथि ढुंगामुढा भएको छ। घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन्।


मंगलबार राति करिब ११:३० बजे बालकुमारी, ललितपुरस्थित नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजीबाट शैक्षिक भ्रमणमा गइरहेका विद्यार्थी सवार बा १ प ९१६ नम्बरको पर्यटक बसमाथि अज्ञात समूहले ढुङ्गा प्रहार गरेका थिए। ढुंगाले बसको सिसा फुट्दा पाँच विद्यार्थी सामान्य घाइते भएका थिए।


घटनापछि तत्काल जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले घाइतेहरूलाई उपचारका लागि पोखरास्थित अन्नपूर्ण अस्पतालमा पठाएको थियो। अस्पतालले घाइते विद्यार्थीहरूलाई सामान्य उपचारपछि डिस्चार्ज गरेको जनाएको छ।


घटनाको अनुसन्धानका क्रममा प्रहरीले ढुंगा प्रहारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी 'अपराधिक उपद्रव गर्न नहुने' कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।


पक्राउ परेकाहरूमा चितवनको राप्ती नगरपालिका–१ घर भई हाल पोखरा–१७ घारिपाटन बस्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर (बस चालक), बाराको कोल्वी नगरपालिका–१ स्थायी घर भई हाल पोखरा–२६ विजयीपुर बस्ने ३० वर्षीय मानप्रसाद खरेल (सहचालक) र गोर्खा पालुङटार नगरपालिका–२ घर भई हाल पोखरा–१४ बस्ने २८ वर्षीय एक व्यक्ति रहेका छन्।


प्रहरीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom