मृतक प्रहरी जवानको परिचय ३० वर्षीय मीनबहादुर दानी रहेका छन्, जो बाजुराको बडीमालिका नगरपालिका–६ निवासी हुन्। उनी मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको पिएसओ (व्यक्तिगत सुरक्षाकर्मी) का रूपमा कार्यरत थिए।
मङ्गलबार दिउँसो १ बजेतिर, बयलवासबाट फूलजोरतर्फ आउँदै गरेका प्रहरी जवान दानी सवार बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकललाई, रानिगन्जबाट फूलजोरतर्फ गइरहेको ना १ क ८५२० नम्बरको टिपरले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा प्रारम्भिक उपचारपछि बारा स्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिनुभयो।
दुर्घटनामा संलग्न टिपर प्रहरी चौकी फूलजोर र चालक इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि केही दिनअघि सर्लाहीकै बागमती नगरपालिका–१, मिलनचोकमा यस्तै दुर्घटनामा एक जनाको मृत्यु भएको थियो।
पूर्व–पश्चिम राजमार्गको एशियन मापदण्डअनुसार विस्तार भइरहेको अवस्थामा माटो ओसार्न प्रयोग भइरहेका टिपरहरू लापरवाही ढंगले चलाइँदा दुर्घटनामा वृद्धि भएको स्थानीयवासीहरूको गुनासो रहेको छ।