Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा महानगरको १७ औँ नगरसभा : ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत


पोखरा, असार ८ । पोखरा महानगरपालिकाको १७ औँ नगरसभा आज औपचारिक रूपमा सुरु भएको छ । नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट र कार्यक्रम सार्वजनिक गर्नुभयो ।


सभामा आगामी वर्षका विकास योजनालाई व्यवस्थितरूपमा अघि बढाउँदै निर्वाचनका क्रममा गरिएको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने र समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।


यस नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । प्रस्तावित बजेटमध्ये ३ अर्ब १३ करोड १२ लाख रुपैयाँ अर्थात् ३७.४९ प्रतिशत संघीय सरकारको सशर्त अनुदानबाट प्राप्त हुने छ भने बाँकी ५ अर्ब २२ करोड रुपैयाँ अर्थात् ६२.५१ प्रतिशत आन्तरिक आम्दानीबाट व्यहोर्ने योजना महानगरले ल्याएको हो ।


नगर प्रमुख आचार्यले जनताको विश्वास जित्ने गरी प्रभावकारी योजना लागू गरिने बताउनुभएको छ भने पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom