पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ की स्थायी बासिन्दा तथा हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा बस्दै आएकी ३५ वर्षीया मेनुका पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।
उनीमाथि एक व्यक्तिसँग रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी १९ लाख रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको आरोप लागेको छ।
प्रहरीका अनुसार पीडितको उजुरीका आधारमा पुडासैनीलाई ललितपुरको टिकाथलीबाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीको भनाइ छ।