Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा बढी भाडा असुल्ने १५ जना इन्ड्राइभ चालकलाई कारबाही


पोखरा, जेठ १९ – सार्वजनिक सवारी साधन बन्द भएको मौकामा यात्रुहरूसँग बढी भाडा असुल्ने १५ जना इन्ड्राइभ चालकहरूलाई प्रहरीले कारबाही गरेको छ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, इन्ड्राइभ सवारी चालकहरूले निर्धारितभन्दा बढी भाडा लिएको जनगुनासोपछि खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानहरूमा अनुगमन गरेको थियो।


अनुगमनका क्रममा १५ जना चालकहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिई सार्वजनिक यातायात ऐन, २०४९ अनुसार आवश्यक कारबाही गरी छाडिएको प्रहरीको भनाइ छ।


प्रहरीले यात्रुहरूको हितमा नियमित अनुगमन गरिरहने र गैरकानुनी रूपमा भाडा बढाउनेमाथि कडा निगरानी र कानुनी कारबाही जारी राख्ने चेतावनीसमेत दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom