Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

धुनीवेशी वडा अध्यक्ष हरिप्रसाद सुवेदी सार्वजनिक किर्ते मुद्दामा पक्राउ


धादिङ, असार २८ – संवाददाता

धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई सार्वजनिक किर्ते मुद्दामा फरार प्रतिवादीका रूपमा काठमाडौँको कलङ्कीबाट शनिबार बिहान पक्राउ गरिएको छ।

प्रहरीका अनुसार सुवेदी झुठा कागजात बनाई नागरिकता तयार गरी जग्गा बिक्री गरेको अभियोगमा मुद्दा दर्ता भई सात महिनादेखि फरार रहेका थिए। उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाएर झुठो जन्म दर्ता प्रमाणपत्र तयार पारेका थिए, जसको आधारमा नागरिकता बनाइ जग्गा किनबेचमा प्रयोग गरिएको थियो।

उक्त घटनासम्बन्धी मुद्दा जिल्ला अदालत धादिङमा दर्ता गरिएको छ। सुवेदीलाई प्रहरीको खोजी सूचीमा सूचीकृत गरिएपछि खोजी तीव्र पारिएको थियो।

सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट, र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित भई वडा अध्यक्ष बनेका थिए। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि धादिङ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीले सार्वजनिक दस्तावेजको दुरुपयोगजस्तो संवेदनशील मुद्दामा कडाइका साथ अनुसन्धान अगाडि बढाउने बताएको छ। अदालतबाट दोष प्रमाणित भएमा सार्वजनिक किर्तेमा कैद तथा जरिवानाको सजाय हुने व्यवस्था छ।

Top Post Ad

post bottom ads

Ads Bottom