Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीव्र गतिसहितको लापरवाहीका कारण दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते


असार २८, मकवानपुर – संवाददाता

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवा सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार भएको दुर्घटनामा गम्भीर घाइते भएका मनहरी–७ बिजौना बस्ने २४ वर्षीय विशाल प्रजाको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

दुर्घटना ना ३७ प ७६९० नम्बरको मोटरसाइकलप्रदेश ३–०३–००१ प ४४३४ नम्बरको मोटरसाइकलबीच सोही दिशाबाट हेटौँडा तर्फ जाँदै गर्दा ठोक्किँदा भएको हो।

घाइते तीनको विवरण यस्तो छ:

  • दीपक दोङ (१८), चालक – राक्सिराङ गाउँपालिका–३, केराबारी

  • पिटर तामाङ (२४), सवार – वडा नं. १, ढुंगेन

  • निरज राना प्रजा (२४), चालक – मनहरी गाउँपालिका–६, बिजौना

तीनै जना घाइते भए पनि विशाल प्रजा (२४) को अवस्था गम्भीर रहेकोले चितवन पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक निरज राना प्रजा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण तीव्र गतिसहितको लापरवाही हुन सक्ने अनुमान गरिएको छ।

स्थानीय बासिन्दाले उक्त क्षेत्रलाई सवारी दुर्घटना संवेदनशील क्षेत्र भन्दै ट्राफिक निगरानी र स्पिड नियन्त्रणको माग गर्दै आएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom