Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बालाजु झोला गोदाममा भीषण आगलागी: करोडौँको क्षति


असार २९, काठमाडौँ – काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु चमतिमा रहेको झोला गोदाममा भीषण आगलागी हुँदा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।


प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ः१५ बजे मञ्जित स्टोर नामक झोला गोदाममा आगलागी भएको थियो। पदमबहादुर तुलाधरको जग्गामा भाडामा लिएर अन्दाजी ५४ वर्षीय महेन्द्र श्रेष्ठले सो गोदाम सञ्चालन गर्दै आएका थिए।


आगो लागेपछि नेपाली सेना, पुरानो गोरखा गण, प्रहरी वृत्त बालाजु, सशस्त्र प्रहरी बल, काठमाडौं महानगरको दमकल टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।


हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए। प्रारम्भिक विवरणअनुसार गोदाममा राखिएका झोला, कच्चा पदार्थ तथा अन्य सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom