Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छात्रालाई ‘मेरी जान’ भनेर म्यासेज पठाउँदा शिक्षकको पर्दाफास, अभिभावकको आक्रोश

 

असार २९ गते, गरुडा।

रौतहटको गरुडा नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालयका एक शिक्षक सामाजिक सञ्जालमार्फत छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक रवीन्द्रप्रसाद साह रहेका छन्।

शिक्षक साहले विद्यालयमा अध्ययनरत एक छात्रालाई “ह्याप्पी बर्थ डे मेरी जान” लेखिएको सन्देश पठाएको आरोप लागेपछि विद्यार्थी, अभिभावक तथा स्थानीय आक्रोशित भएका थिए। आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्नुका साथै शिक्षकमाथि हातपातसमेत गरेका थिए।

स्थिति तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट पुगेको टोलीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो।

शिक्षक साहलाई नियन्त्रणमा लिएपछि अवस्था सामान्य भएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विद्यालय प्रशासनले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै अनुशासन तथा सुरक्षाको माग गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom