Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साथीहरूसँग नुहाउने क्रममा नदीमा डुबेर एक किशोरको मृत्यु



असार २२, कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका–३ का एक किशोरको डोडा नदीमा डुबेर मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सुख्खडका अनुसार स्थानीय १७ वर्षीय सुन्दरप्रसाद भट्ट आइतबार दिउँसो साथीहरूसँग नुहाउने क्रममा डुबेका थिए।
उनी तुलादत्त भट्टका छोरा हुन्।

प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डुबेका भट्टलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नदीबाट निकालिएको थियो। उनलाई उद्धार गरी उपचारका लागि लैजाने तयारी गरिए पनि घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको हो।

मृतकको पोष्टमार्टमका लागि शव धनगढी पठाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom