कुँवर गत असार १७ गते बिहान ‘मर्निङ वाक’का लागि डेराबाट निस्किनुभएको थियो। त्यसपछि उहाँ सम्पर्कविहीन भएको र अहिलेसम्म कुनै खोजखबर नपाएको भतिज देवबहादुर कुँवरले जानकारी दिनुभयो।
“काका हराउनु भएको पाँच दिन भइसक्यो,” देवबहादुरले भन्नुभयो, “असार १८ गते हामीले जिल्ला प्रहरी परिसर, काठमाडौँमा निवेदन दर्ता गराएका छौँ तर हालसम्म केही जानकारी आएको छैन।”
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, कुँवरको खोजीका लागि विभिन्न प्रहरी युनिट परिचालन गरिएको छ र खोजतलास कार्य जारी रहेको छ।
परिवारजनले कुँवरको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन सर्वसाधारणसँग आग्रह गरेका छन्।