Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाढीपहिरोले १० राजमार्ग पूर्ण अवरुद्ध, धेरै सडक एकतर्फी सञ्चालनमा

 

काठमाडौँ, असार २५ – अनलाइन संवाददाता

देशभरको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण १० वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्ड एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेका छन्।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार, अवरुद्ध भएका राजमार्गहरूमा पूर्वदेखि पश्चिमसम्मका मुख्य सडकहरूसमेत प्रभावित भएका छन्, जसले आन्तरिक आवागमनमा ठुलो अवरोध पुर्‍याएको छ।

पूर्ण रूपमा अवरुद्ध रहेका राजमार्गहरू:

१. कोशी राजमार्ग – सङ्खुवासभा
२. मेची राजमार्ग – पाँचथर
३. पासाङ ल्हामु राजमार्ग – रसुवा
४. कान्तिलोक पथ – मकवानपुर
५. दरवाङ सडक – म्याग्दी
6. पूर्व–पश्चिम राजमार्ग – नवलपरासी खण्ड
७. भेरी करिडोर – डोल्पा
८. जाजरकोट–डोल्पा–भेरी करिडोर – रुकुमपश्चिम
९. जयपृथ्वी राजमार्ग – बझाङ
१०. एकीकृत सूचना प्रणाली अनुसार अन्य सहायक सडकहरू पनि जोखिममा रहेका प्रहरीको भनाइ छ।

एकतर्फी सञ्चालनमा रहेका सडकहरू:

  • बनेपा–नाला–भक्तपुर सडक खण्ड

  • कालीगण्डकी करिडोर – बागलुङ

  • गुल्मी खण्ड – कालीगण्डकी करिडोरकै हिस्सा

  • सहिद राजमार्ग – रोल्पा

प्रहरी प्रधान कार्यालयका अनुसार, बाढीपहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय निकायको समन्वयमा उद्धार तथा सडक खुलाउने प्रयास तीव्र गतिमा अघि बढाइएको छ।

विशेषगरी पहिरो पन्छाउने, अत्यावश्यक आपूर्ति पुर्‍याउने, तथा घाइते वा जोखिममा परेकाको उद्धारमा प्राथमिकता दिइएको जनाइएको छ।

प्रहरीले दूरदराज वा पहाडी क्षेत्रतर्फ यात्रा गर्नुअघि सम्बन्धित स्थानको सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, जोखिमपूर्ण स्थानमा राति यात्रा नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोध गरिएको छ।

सडक विभाग र सुरक्षा निकायको सक्रियतामा अवरुद्ध सडकहरू यथासिघ्र खुलाउने प्रयास जारी रहेको छ। तर लगातारको वर्षाका कारण काममा अवरोध आइरहेको पनि अधिकारीहरूले जनाएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom