Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माछापालन गर्दै आएका तुल्सीको सोही पोखरीमा डुबेर ज्यान गयो

साउन २८, गुल्मी । गुल्मीदरवार गाउँपालिका–१ नेटाका ४५ वर्षीय तुल्सी बहादुर क्षेत्रीको माछापोखरीमा डुबेर मृत्यु भएको छ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित उनी माछापालन गर्दै आएको पोखरीमा सोमबार क्षेत्रीको शव फेला परेको हो। पोखरीको किनारमा टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरी चौकी मजुवामा खबर गरेका थिए।

सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मजुवा बेशको संयुक्त टोलीले पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा गएको टोलीले घटनास्थल मुचुल्का गरी थप अनुसन्धान सुरु गरेको छ। मृतक क्षेत्री करिब २० वर्षदेखि मजुवामा भिनाजुको घरमा बस्दै आएका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom