Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचौपारी गाउँपालिकाद्वारा पोखरामै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा


पोखरा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पोखरामै बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सेवा दिने विशेष अभियान सुरु गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयका अनुसार, परिचयपत्र नवीकरणका लागि श्रावण २७ गतेदेखि ३० गतेसम्म पोखरामा नै सेवा उपलब्ध गराइनेछ।

अभियानअन्तर्गत श्रावण २७ गते (मङ्गलवार) वडा नं. ६ का लाभग्राहीलाई, २८ गते (बुधवार) वडा नं. ४ र ५ का, २९ गते (बिहीबार) वडा नं. १ का तथा ३० गते (शुक्रवार) वडा नं. २ र ३ का लाभग्राहीलाई सेवा दिइनेछ।

नवीकरण सेवा पोखराको पृथ्वीचोकस्थित दीप ज्योति होटेलमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ। यसबाट पालिकाभित्रका वृद्ध वृद्धा, अशक्त तथा अन्य लाभग्राहीहरूलाई गाउँसम्म पुग्नुपर्ने झन्झट कम हुने गाउँपालिकाले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom