स्याङ्जा, साउन २१ ।
स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका–४ चिफलडाँडाबाट एक आमा र उनका ६ वर्षीय छोरा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार २७ वर्षीया श्यामकला बस्याल र उनका छोरा अरपित पाण्डे साउन २१ गते बिहान १०:३० बजे घरबाट "मेडिकल जान्छु" भनी हिँडेपछि हालसम्म सम्पर्कमा आएका छैनन्।
उनीहरूलाई अन्तिमपटक गल्याङ नगरपालिका–५ सेतीबेणी आसपास देखिएको जनाइएको छ। परिवारले प्रहरीमा दिएको निवेदनका आधारमा खोजतलास प्रक्रिया सुरु गरिएको छ।
बेपत्ता आमाको हुलिया:
-
नाम: श्यामकला बस्याल
-
उमेर: २७ वर्ष
-
उचाइ: करिब ५ फिट
-
कपाल: कालो
-
लगाएको पोशाक: रातो कुर्ता, खरानी रङको चप्पल, खैरो ह्यान्डब्याग
छोरा अरपित पाण्डे:
-
उमेर: ६ वर्ष
-
ठेगाना: कालिगण्डकी गाउँपालिका–४, चिफलडाँडा
प्रहरीले उक्त आमा–छोरा जोडीलाई कतै देख्नुभयो वा जानकारी प्राप्त भएको खण्डमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा सम्बन्धित फोन नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ।