Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कोकिन लुकाएर ल्याउने एक महिला त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ



काठमाडौं, साउन २३ — नेपाल प्रहरीले करिब दुई किलो कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई काठमाडौंमा पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल प्रवेश गरी भुटान जान तयारीमा रहेकी २१ वर्षीया ब्राजिलकी एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट नियन्त्रणमा लिएको हो।

ब्यूरोका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार उनले कालो रङको ‘ब्रा’ भित्र लुकाएर ल्याएको १ किलोग्राम ९५० ग्राम कोकिन बरामद गरिएको हो। पक्राउ परेकी फरेरालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom