Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ खण्डमा पहिरो, आवागमन अवरुद्ध


साउन ३१, मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत भैंसे–सिमभञ्ज्याङ सडकखण्डमा शनिबार बिहानै ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।


मकवानपुरको भीमफेदी गाउँपालिका–९, लामिडाँडास्थित उक्त सडकखण्डमा पहिरोसँगै ठूला ढुङ्गा र रुखहरु खस्दा यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैंसेबाट प्रहरी टोली खटिएको छ। सडक विभागसँग समन्वय गरी दुईवटा डोजर प्रयोग गरी ढुङ्गा पन्छाउने प्रयास गरिएको भए पनि ठूला ढुङ्गा हटाउन नसकेपछि ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएको हो।


“ढुङ्गा फुटाउन ब्रेकर पठाउने तयारी भइरहेको छ, सडक सुचारु गर्न केही समय लाग्छ,” अर्यालले जानकारी दिनुभयो।


अवरुद्ध स्थान प्रहरी चौकी भैंसे मकवानपुरबाट करिब २२ किलोमिटर पश्चिम–उत्तरमा पर्छ। सडक अवरुद्ध हुँदा सो मार्ग भएर चल्ने सवारीसाधन रोकिएका छन्।


Top Post Ad

post bottom ads

Ads Bottom