राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, विपद्मा परेर २३ जना बेपत्ता भएका छन् भने ५ हजार ४१ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
उक्त अवधिमा मात्रै देशभर आगलागीका सबैभन्दा धेरै १ हजार १ सय १४ घटना घटेका छन्। त्यस्तै, बाढीका २१६, पहिरोका ३१७, अविरल वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, लेक लागेका ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई तथा असिना, हुरी र अन्यका एक–एक वटा घटना दर्ता भएका छन्।
साउन ३१ गते मात्रै सात वटा आगलागी, एक बाढी, आठ पहिरो, चार अविरल वर्षा र तीन जनावर आक्रमणका घटना घटेका छन्। ती घटनामा एक जनाको मृत्यु भएको छ भने रु. ३८ लाख ४० हजार बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ।
विपद्मा परेकाको खोज, उद्धार र राहतका लागि सो दिन मात्रै १४० जना प्रहरी परिचालन गरिएको थियो।