कार्यालयका प्रमुख बवलु ठाकुरका अनुसार रेबिजको मुख्य कारण कुकुरको टोकाइ मात्र नभई जङ्गली जनावरको आक्रमण पनि रहेको छ। उहाँले गोठलाई सुरक्षित बनाउँदै तारवार गर्ने, जङ्गली जनावर र न्याउरी मुसा छिर्न नसक्ने गरी संरचना सुधार गर्न किसानलाई सुझाव दिनुभएको छ।
प्रमुख ठाकुरले गोठको भौतिक र जैविक सुरक्षा मात्र गर्न सके रेबिज सङ्क्रमणबाट बच्न सकिने बताएका छन्। साथै, सङ्क्रमित गाई–भैँसीको दूध बिक्री नगर्न किसानलाई आग्रह गरिएको छ।
कार्यालयले सामुदायिक कुकुरलाई भ्याक्सिन दिने र नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम चलाउन स्थानीय तहलाई सुझाव दिएको छ। रेबिज जङ्गली स्याल, न्याउरी मुसा, कुकुर, बिरालो र मुसाको टोकाइबाट पनि फैलिने भएकाले गोठ सुधार र जनावरलाई सुरक्षित राख्न जोड दिइएको छ।
सबैभन्दा बढी संक्रमण नीलकण्ठ र बेनीघाट रोराङमा
धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकामा किसानले पालेका पशुमा अहिले रेबिज सङ्क्रमण बढी देखिएको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ।