Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ठुलोढाटरमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गयो, तीन घाइते

 

साउन २८ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ ठुलोढाटरमा ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।


रुम-दरवाङ सडक अन्तर्गत पर्ने सडकमा दरवाङदेखि रुमतर्फ जाँदै गरेको बोलेरो जिप ठुलोढाटरमा दुर्घटना हुँदा जिपमा सवार मालिका गाउपालिका ५ रुन्माका ४३ वर्षीया छनदेवी फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो । उहाँका अनुसार गाडीका चालक मालिका-५ का ४० वर्षका चन्द्र पुन, १४ वर्षकी श्रीजना घर्ती र ७३ वर्षका भविराज फगामी घाइते भएको उहाँले बताउनुभयो ।


घाइतेलाई उपचारका लागि दरवाङ आधारभुत अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom