Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न सवारी साधन नियन्त्रणमा

स्याङ्जा — अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८२ साउन २७ गते प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जयपते, प्रहरी चौकी बिर्घा र प्रहरी चौकी पिडीखोलाबाट खटिएको प्रहरी टोलीले गल्याङ नगरपालिका–५ ठुलोखोला र मोहनडाँडामा कारबाही सञ्चालन गरेको हो।

उक्त स्थानमा अवैध रूपमा उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा दुईवटा टिप्पर र एउटा स्काभेटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनहरू मिति २०८२ साउन २८ गते वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कारबाहीको लागि गल्याङ नगरपालिकाको कार्यालयमा पठाइएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू

१.लु. १ क. ५१८५ नम्बरको टिप्पर

२.लु. १ क. ५१८६ नम्बरको टिप्पर

३.प्र. ३–०१००३ क. ७१२९ नम्बरको स्काभेटर

Top Post Ad

post bottom ads

Ads Bottom