पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ८ का वर्ष २७ को राजेश कुमार मरिक, वर्ष २८ को संजय मरिक, बोदे बर्साइन नगरपालिका २ बस्ने वर्ष २० को दिपेन मरिक, खडक नगरपालिका–११ बस्ने वर्ष ३४ को हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका– ८ बस्ने वर्ष २४ को दिपक मरिक, उदयपुरको बेलका नगरपालिका–१ बस्ने वर्ष २८ को चन्दर मरिक, सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने वर्ष ३३ को राजु कुमार विक, सिराहाको लाहान नगरपालिका–६ वस्ने वर्ष ५२ को महेन्द्र गोड्से र लहान ८ बस्ने वर्ष ३८ को उमेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरूविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीले जानकारी दिनुभएको छ ।
पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका मधेश प्रहरीका प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले सफल अनुसन्धान गरी हत्यारा पक्राउ गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
घटनामा दाजुलाई बचाउन खोज्दा धारिलो हतियारका शिकार भएका भाई ४० वर्षीय रमाकान्त चौधरी गम्भीर घाइते भएका थिए ।
ती समूहले पाँच तोला सुन, दुई किलो चाँदी ५०/६० हजार रूपियाँ नगदसहित मालसामान लुटेर फरार भएका थिए । सो घटना संलग्न अन्य केही व्यक्तिलाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।