Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कालीकोट जिप दुर्घटना अपडेट : चिकित्सकसहित आठ जना घाइते


साउन १९, कालीकोट।

सुर्खेतबाट जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको स्कर्पियो सोमबार दिउँसो कालीकोटको मान्ममा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक डा. रुबी थापासहित अन्य यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ।

प्रहरीका अनुसार, स्कर्पियो खाँडाचक्र–१ होटल हिलसाइड नजिक करिब १२ मिटर तल खस्दा दुर्घटना भएको हो।

डा. थापाको दाहिने करङ्गमा चोट लागेका कारण उनलाई हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ। अन्य घाइतेहरू मान्मस्थित जिल्ला अस्पतालमा उपचाररत छन्।

घाइते हुनेहरू:

  • चालक धर्मप्रसाद अधिकारी (२५), सुर्खेत

  • सुनिल ज्ञवाली (३०), गुल्मी

  • अन्जना धामी (२२), दार्चुला

  • च्छोत्याङ्ग तामाङ (२६), मुगु

  • देवेन्द्र अधिकारी (३५), बाँके

  • कल्पना नेपाल आचार्य (४५), पाल्पा

  • हिक्मत जिरेल (३०), दोलखा

अधिकांशको अवस्था सामान्य रहेको भए पनि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom