Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रामेछापमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गयो , अन्य दुई घाइते

रामेछाप- रामेछाप जिल्लामा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मत्यु भएको छ । दुर्घटना परेर अन्य दुई जना घाइते भएका छन् ।


मृत्यु हुनेहरुमा मन्थली नगरपालिका वडा नं ११ गेलुका ४२ बर्षका राधा कार्की र खाँडादेबी गाउँपालिका वडा नं ४ पुछिघाटका २५ बर्षका दिनेश माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बताउनु भयो ।


कार्कीको भलुवाजोरको बोक्से पहरोमा स्कारपियो दुर्घटनामा मृत्यु भएको हो भने माझीको पुछिघाटमा ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।


मन्थलीबाट खुर्कोटतर्फ जाँदै गरेको बा १३ च ३९३४ नम्बरको स्कारपियो सडकबाट करिब २ सय मिटर तल खसेको थियो । उक्त दुर्घटनामा मृतक कार्कीका श्रीमान् उत्तम चौहान घाइते भएका छन् । घाइतेको मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।


यसैगरी पुछिघाटको ट्याक्टर दुर्घटनामा १५ बर्षका दिनेश माझी घाइते भएको खाँडादेबी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । उनको पनि मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom