जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीका अनुसार विकको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर तल हिलो र बगरमा आधा शरीर गाडिएको अवस्थामा भेटिएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको इन्द्र बक्स गण जोमसोमको संयुक्त टोलीले शनिबार दिउँसो शव फेला पारेको थियो। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जोमसोममा राखिएको छ र आइतबार आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।
विगत छ महिनादेखि उक्त कृषि फार्ममा कार्यरत विक पत्नी र अन्य चार जनासहित च्याउ टिप्न गएका थिए। खोलाले बगाउँदा विक बेपत्ता भए पनि अन्य चार जना भने सकुशल फर्किएका छन्।