गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्री सडकमा शुक्रबार बिहान विद्यार्थी बोकेर गएको भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गलकोटका अनुसार बिहान करिब ७ः४५ बजे हरिचौरबाट हटियातर्फ गइरहेको गलकोट बहुमुखी क्याम्पसका विद्यार्थी सवार भ्यान सडकबाट करिब सात मिटर तल खस्दा दुर्घटना भएको हो।
घाइते हुनेमा—
-
चालक २५ वर्षीय मोहन सिंह सुनार
-
१८ वर्षीया सुस्मीता विक
-
१८ वर्षीया प्रमिला विक
-
१८ वर्षीय जिवन खत्रि
-
१८ वर्षीया मुना गौतम
-
१९ वर्षीया अनिता क्षेत्री
-
१८ वर्षीया सुनिता सापकोटा रहेका छन्।
घाइते सबैलाई तत्काल उपचारका लागि गलकोट नगर अस्पताल बागलुङ पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ।