Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा एक जना घाइते


 लमजुङ, भदौ ६ । लमजुङको बेसी शहर–८ स्थित सडकमा आज बिहान सवारी दुर्घटना भएको छ।

सडक छेउमा पार्किङ गरी राखिएको ग १ ज ५७५९ नम्बरको जीपमा सोही दिशातर्फ आइरहेको ग १६ प १२०७ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि तत्काल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी आइसकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom