आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि यातायात सञ्चालनमा आएको थियो । तर, करिब ९ः३० बजे सोही स्थानमा पुनः पहिरो खस्दा सडक फेरि बन्द भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दिउँसो १२ः५५ बजे बाटो दुवै तर्फ खुलाइसकिएको छ । “पहिरो पन्छाउने काम सकिएको छ, अहिले बाटो सुचारु भएको छ,” उहाँले बताउनुभयो ।
लगातारको वर्षासँगै सो सडक खण्डमा बारम्बार पहिरो खस्ने क्रम नरोकिएपछि प्रहरी प्रशासनले यात्रुहरूलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।