Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सिँचाइ नहर किनारमा वेवारिसे अवस्थामा महिलाको शव फेला


भदौ १०, सप्तरी।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ मा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विश्वकर्मा चौक नजिकैको कोशी पश्चिमी सिँचाइ नहर किनारमा सोमबार साँझ करिब ६ बजे शव भेटिएको हो। मृतकको नाम ठेगाना खुल्न नसकेको र पहिचान पनि हुन नसकेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरमा खबर गरेका थिए। शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom