Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद् विघटनमा मतभेद





जेन–जी समूहको प्रस्तावअनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा राजनीतिक शक्ति, सुरक्षा निकाय र सरोकारवाला बीच प्रारम्भिक सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सकारात्मक देखिएका छन्।

तर संसद् विघटन गर्ने–नगर्ने विषयमा मतैक्य नबन्दा प्रक्रिया अघि बढ्न सकेको छैन। गएको रात राष्ट्रपति पौडेल, कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र कानुनी सल्लाहकार बाबुराम कुँवरबीच संविधानको प्रावधानबारे छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको हो।

कार्कीले संसद् रहुन्जेल गैरसांसद प्रधानमन्त्री बन्न नसक्ने भन्दै पहिले संसद् विघटन हुनुपर्ने अडान राखेकी छन्। तर राष्ट्रपति पौडेल संसद् विघटनको पक्षमा नरहेको स्रोतले जनाएको छ।

यस विषयमा अन्तिम टुंगो लगाउन आज बिहान ९ बजे पुनः छलफल बस्ने तय गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom