भाद्र २७ ,
राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई अब संसदीय निर्वाचन गराउने जिम्मेवारी समेत मिलेको छ। संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेछ। सम्भावित तालिकाअनुसार फागुन महिनाभित्र नै निर्वाचन सम्पन्न गर्ने योजना रहेको स्रोतले जनाएको छ।
यसअघि जेन–जी समूहको माग र सर्वपक्षीय छलफलपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।




