Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रतिनिधि सभा विघटन, फागुन २१ गते निर्वाचन : सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री



काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नेपालकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो, जसअनुसार राष्ट्रपति पौडेलले भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा विघटन गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार आगामी २०८२ फागुन २१ गते बिहीबार नयाँ प्रतिनिधि सभा निर्वाचन हुने गरी मिति तोकिएको छ।

जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनपछि कांग्रेस–एमाले गठबन्धन सत्ताच्युत भएसँगै देशले पहिलो महिला प्रधानमन्त्रीको रूपमा कार्कीलाई प्राप्त गरेको हो। आन्दोलनपछिका निरन्तर संवाद, राजनीतिक दल र सेनासँगको परामर्श तथा संविधानविद्सँगको छलफलपछि जेनजी अभियन्ताको प्रस्तावमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।

शुक्रबार शीतल निवासमा साधारण पोसाकमै उपस्थित भएकी प्रधानमन्त्री कार्कीले धारा ८० बमोजिम शपथग्रहण गर्नुभयो। राष्ट्रपति पौडेल, उपराष्ट्रपति यादव, प्रधानन्यायाधीश र अन्य उच्च पदाधिकारी उपस्थित समारोहमा कार्कीको सादगीपूर्ण जीवनशैली नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको टिप्पणी गरिएको थियो।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै असाधारण परिस्थिति, युवा पुस्ताको आकाङ्क्षा र संविधानले दिएको अधिकारका आधारमा प्रधानमन्त्री कार्कीलाई नियुक्त गरिएको स्पष्ट पारेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom