Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै १३ हजार कैदीमध्ये अधिकांश अझै फरार

भदौ २८ गते । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका अधिकांश कारागारबाट भागेका १३ हजारभन्दा बढी कैदीमध्ये अधिकांश अझै फरार रहेका छन् ।

फरारमध्ये झन्डै साढे दुई हजार कैदी, थुनुवा र बालबन्दी कारागारको सम्पर्कमा आएका छन् तर गम्भीर अपराधमा संलग्न कैदी अझै पत्ता नलाग्दा समाजमा सुरक्षाको चिन्ता तीव्र बनेको छ।

कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माले शुक्रबार दिउँसोसम्म करिब दुई हजार कैदी आफैं सम्पर्कमा आएको जानकारी दिनुभयो। उहाँले फरार कैदीलाई तुरुन्तै कारागार फर्किन आग्रह गर्दै, “स्वेच्छाले नफर्किनेलाई पक्राउ गरी कानुनी कारबाही गर्दै कुनै माफी–मिनाहा नहुने” चेतावनी दिनुभयो।

सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई फरार कैदी तत्काल पक्राउ गर्न पत्राचार गरिसकेको विभागले जनाएको छ। साथै, नागरिक समाज र सरोकारवालालाई पनि सहयोग गर्न आह्वान गरिएको छ।

भदौ २३ गते जेनजीको आन्दोलन हिंसात्मक भएपछि सुरक्षा निकाय कमजोर बनेको अवसरमा काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित करिब ११ हजार कैदी भागेका थिए।

प्रहरी युनिटहरू ध्वस्त भएपछि स्थानीय समुदाय नै टोल–समाज स्तरमा सुरक्षा दिन अघि आएको देखिन्छ।

Top Post Ad

post bottom ads

Ads Bottom