Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नयाँ सरकारसँगै कर्फ्यु र निषेधाज्ञा हट्यो , जनजीवन सामान्य, शान्ति र स्थिरतामा नागरिकको विश्वास


काठमाडौँ, भदौ २८ गते । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ।

आन्दोलनपछिका केही दिनदेखि मुलुकका विभिन्न क्षेत्रमा जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ। जनता आफ्ना पेसा–व्यवसायमा फर्किएका छन् भने युवापुस्तासहित सम्पूर्ण नागरिकमा खुशियाली देखिएको छ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराका साथ अघि बढेको जेनजी पुस्ताको मागअनुसार बनेको वर्तमान सरकारले मुलुकलाई शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom